रेशमलाल चौधरीको उम्मेदवारी खारेज


२६ आश्विन २०७९, बुधबार
Resham chaudhari
फाइल फोटो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले बर्दिया–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

चौधरीविरुद्ध परेको उजुरीका आधारमा उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको हो । चौधरीलाई थरुहट आन्दोलनका क्रममा टीकापुर घटनाको दोषी ठहर्याइ जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो ।

उच्च अदालतले पनि त्यो फैसलालाई सदर गरे पछि चौधरी अहिले सजाय काट्दै छन् । चौधरी अहिले ज्यान मार्ने उद्योगमा जेलमा छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु) को पनि उम्मेदवारी खारेज भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७