बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन


२६ आश्विन २०७९, बुधबार
beduram bhusal
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता लिन निर्देशन दिएका छन् ।

महासचिव डा. भुसालले विज्ञप्ति जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायमै राखेमा पार्टीले कारबाही गर्ने बताएका छन् । निर्धारित समय सीमाभित्र उम्मेदवारी फिर्ता गरी साङ्गठनिक अनुशासनमा दृढ रहन समेत उनले आग्रह गरेका छन् ।

निर्वाचन आयोगले यही असोज २३ गते उम्मेदवारी मनोनयन तथा असोज २६ गते मनोनयन दर्ता भएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि समय तोकेको छ । यसअघि पार्टीले गठबन्धनका साझा उम्मेदवारलाई देशभरबाट विजयी गराउन सम्पूर्ण मतदातालाई आग्रह गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७