२३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुई जना पक्राउ


५ कार्तिक २०७९, शनिबार
arrest

काठमाडौं । भारतको राजस्थान उदयपुर जिल्लाको मणप्पुरम गोल्ड लोन कम्पनीबाट २३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुई अभियुक्तलाई प्रहरीले शुक्रबार चितौडगढको निम्बहेराबाट पक्राउ गरेको छ । बिहारका राजकुमार कुमार र फुन्टुश कुमारलाई पक्राउ गरेपछि सोधपुछ भइरहेको छ ।

तर, अहिलेसम्म लुटिएको सुन र नगद फेला परेको छैन । गत अगस्त २९ गते पाँच जनाको हतियारधारी समूहले यो घटना गराएको थियो । प्रहरीका अनुसार बिहारका यी दुवै अभियुक्त लुटपाटपछि त्यहाँ गएका थिए । उनीहरु कुनै अन्य लुटका लागि रेकी गर्न चित्तौडगढ आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७