विश्वकपमा कसरी छानिए यी २३ देश ?


१ कार्तिक २०७४, बुधबार
messi1
काठमाडौं : सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् । छनोट खेलबाट ब्राजिलले सबैभन्दा पहिले स्थान सुरक्षित गरेको थियो । आयोजकको नाताले रसियाले विश्वकप छनोट खेल्नुपरेन । रसिया स्वतः विश्वकपमा छानियो । साविक विजेता जर्मनी, अर्जेन्टिना, बेल्जियम, कोलम्बिया, कोस्टारिका, इंग्ल्यान्ड, फ्रान्स, आइसल्यान्ड, इरान, जापान, मेक्सिको, नाइजेरिया, पानामा, पोल्यान्ड, पोर्चुगल, साउदी अरेबिया, दक्षिण अफ्रिका, स्पेन र उरुग्वेले अन्तिम स्थान पक्का गरेका छन् । छनोट भएका राष्ट्र कसरी विश्वकपमा पुगे त ? एजेन्सीहरूको सहयोगमा श्रीलोचन राजोपाध्यायले रिपोर्ट तयार पारेका छन्ः

messi1

युरोप

रसिया : रसियाले चौथोपटक विश्वकप खेल्न लागेको हो । सन् १९९४ मा रसिया पहिलोपटक विश्वकपमा छनोट भएको थियो । रसिया टुक्रिनुअघि सन् १९६६ मा सोभियत युनियनको नामबाट प्रतिस्पर्धा गर्दा चौथो स्थान रक्षा गरेको थियो ।

बेल्जियम : बेल्जियम पछिल्लो संस्करणको क्वार्टरफाइनलिस्ट हो । सन् १९८६ मा बेल्जियम उत्कृष्ट स्थानका रूपमा चौथो भएको थियो । बेल्जियम युरोपियन छनोटको समूह एचबाट शीर्ष स्थानमा रहँदै विश्वकपमा छानिएको हो ।

इंग्ल्यान्ड : सन् १९६६ मा विश्व च्याम्पियन बनेयता इंग्ल्यान्ड विश्वकपमा गतिलो नतिजा निकालेको छैन । सन् १९९० मा इंग्ल्यान्डले अन्तिमपटक राम्रो स्थान पाएको चौथो स्थान थियो । इंग्ल्यान्ड समूह एफको विजेताका रूपमा सीधै विश्वकपमा पुग्यो ।

फ्रान्स : युरोपियन छनोटको समूह एको विजेताको हैसियतमा पूर्वविजेता फ्रान्स रसियन विश्वकपमा पुगेको हो । सन् १९९८ मा आयोजक राष्ट्रका रूपमा फ्रान्सले विश्वकप उपाधि पहिलोपटक हात पारेको थियो । फ्रान्स सन् २०१४ को विश्वकपमा अन्तिम आठसम्म पुगेको थियो ।

जर्मनी : साविक विजेता जर्मनीलाई समूह सी पार लगाउन खासै मिहिनेत गर्नुपरेन । पूरै विश्वकप छनोटमा जर्मनी अपराजित रहने एक्लो राष्ट्र हो । चारपटकको च्याम्पियन जर्मनीले गत संस्करणको फाइनलमा अर्जेन्टिनालाई १–० ले हराएको थियो ।

आइसल्यान्ड : विश्वकपमा छनोट भएको राष्ट्रमध्ये आइसल्यान्ड सबैभन्दा सानो मुलुक हो । आइसल्यान्ड समूह आईको विजेताका रूपमा विश्वकपमा पहिलोपटक छनोट भयो । आइसल्यान्डले सन् २०१६ को युरोकपमा उत्कृष्ट नतिजाका रूपमा क्वार्टरफाइनल स्थान पक्का गरेको थियो ।

पोल्यान्ड : युरोपियन छनोटको समूह ईमा पोल्यान्डले शीर्ष स्थान सुरक्षित गर्दै छिमेकी राष्ट्र रसियामा हुने विश्वकपमा टिकट पक्का पारेको हो । पोल्यान्डको यो छैटौँ विश्वकप यात्रा हो । पोल्यान्डले सन् १९७४ र १९८२ मा तेस्रो स्थानमा रहँदै विश्वकप यात्रा टुंग्याएको थियो ।

पोर्चुगल : युरोकप विजेता पोर्चुगलले समूह बीको अन्तिम खेलमा स्विट्रल्यान्डलाई २–० ले हराउँैदै विश्वकप स्थान पक्का गरेको हो । पोर्चुगलले विश्वकपमा दुईपटक उत्कृष्ट नतिजा निकालेको छ । सन् १९९६ मा पोर्चुुुगलले तेस्रो तथा सन् २००६ मा अन्तिम चार रक्षा गरेको थियो । गत संस्करणमा पोर्चुगल समूह चरणबाटै बाहिरियो ।

सर्बिया : सर्बियाले १२औँपटक विश्वकप स्थान सुरक्षित गर्दा समूह डीको विजेता बन्यो । सर्बियाको यो १२औँ विश्वकप यात्रा हो । सन् २०१० र २००६ को संस्करणको विश्वकपमा सर्विया समूह चरणभन्दा माथि उठ्न सकेन ।

स्पेन : स्पेन समूह एचमा शीर्ष स्थान रक्षा गरी विश्वकपमा पुगेको हो । स्पेनको यो ११औँ विश्वकप सहभागिता हो । सन् २००८ देखि १३ सम्म स्पेन फिफा बरियताको शीर्ष स्थानमा रह्यो । सन् २०१० मा स्पेनले जादुमयी खेल देखाउँदै पहिलोपटक विश्वकप उपाधि हातपारेको थियो ।

दक्षिण अमेरिका

ब्राजिल : विश्वकप इतिहासमा लगातार छनोट हुने एक मात्र राष्ट्र ब्राजिल हो । सर्वाधिक पाँचपटकको विजेता ब्राजिल पाँच खेलअघि नै रसिया विश्वकपमा छानियो । दक्षिण अमेरिकी छनोटमा सर्वाधिक ४१ अंक जोडेको ब्राजिल चार वर्षअघि घरेलु मैदानमा जर्मनीसँग सेमिफाइनलमा ७–१ ले स्तब्ध भयो ।

अर्जेन्टिना : दुईपटक च्याम्पियन र दुवैपटक उपविजेता बनेको अर्जेन्टिना यसपटक विश्वकपमा छनोट हुन अन्तिम खेलसम्म कुर्नुप¥यो । दक्षिण अमेरिकी छनोटमा तेस्रो स्थान हात पारी अर्जेन्टिनाको यो १५औँ विश्वकप यात्रा हो । छनोट अन्तिम खेलमा कप्तान लियोनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिना सीधै छनोट भयो । यसअघिसम्म पूर्व च्याम्पियन विश्वकपमा रहने वा नहरने द्विविधामा थियो ।

कोलम्बिया : छनोट चरणको चौथो स्थानमा रहँदै कोलम्बिया रसिया विश्वकप खेल्न अवसर पाएको हो । सन् २०१४ को विश्वकपको क्वार्टरफाइनलमा कोलम्बिया ब्राजिलसँग २–१ ले हारेको थियो । विश्वकपको इतिहासमा कोलम्बियाको त्यही नै उत्कृष्ट नतिजा हो ।

उरुग्वे : दक्षिण अमेरिकी छनोटमा उरुग्वले दोस्रो स्थान रक्षा गरी सीधै विश्वकप स्थान सुरक्षित ग¥यो । उरुग्वे विश्वकपकै पहिलो विजेता राष्ट्र पनि हो । सन् १९५० पछि उरुग्वले उपाधि हातपार्न सकेको छैन । गत संस्करणमा उरुग्वे प्रिक्वार्टरफाइनलसम्म पुग्यो ।

उत्तर र केन्द्र अमेरिका

मेक्सिको : उत्तर र केन्द्र अमेरिकाको शीर्ष स्थानमा रही मेक्सिकोले विश्वकप स्थान पक्का ग¥यो । यस क्षेत्रको छनोट खेलमा मेक्सिकोले सर्वाधिक २१ अंक जोड्यो । मेक्सिकोले पछिल्लो ६ विश्वकपको समूह चरण पार गरेको छ । सन् १९८६ मा मेक्सिकोले उत्कृष्ट नतिजा निकाली क्वार्टरफाइनल स्थान सुरक्षित गरेको थियो ।

कोस्टारिका : कोस्टारिकाको यो पाँचौँपटक विश्वकप यात्रा हो । चार वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकपमा उरुग्वेलाई जिल्लाउँदै कोस्टारिका समूह विजेता बनेको थियो । छनोट खेलमा कोस्टारिकाले १६ अंक जोड्दै दोस्रो स्थान हात पारेको थियो ।

पानामा : उत्तरी र केन्द्र अमेरिकाको छनोट खेलमा पानामाले तेस्रो स्थान हात पा¥यो । १३ अंक जोड्दा पानामाले ऐतिहासिक सफलता प्राप्त गर्दै पहिलोपटक विश्वकपको टिकट काट्यो । पानामामा छनोट हुँदा ३६ वर्षपछि अमेरिका विश्वकपमा
पुग्न सकेन ।

एसिया

इरान : एसियन छनोटमा इरान शीर्ष स्थानमा रहँदै रसिया विश्वकपमा छानिएको हो । यो इरानको पाँचाैँ विश्वकप यात्रा हो । सन् १९९८ मा इरानले अमेरिकामाथि २–१ को सनसनीपूर्ण नतिजा निकालेको थियो । छनोट खेलमा इरानले समूह बीमा शीर्ष स्थान हातपारेको थियो ।

जापान : सन् १९९८ पछि जापानले लगातार विश्वकप स्थान पक्का गरेको छ । जापानले समूह बीको तेस्रो चरण छनोटमा शीर्ष स्थानमाथि कब्जा जमाउँदै रसिया विश्वकपमा स्थान सुरक्षित गरेको हो । जापानले सन् २००२ मा दक्षिण कोरियासँग संयुक्त रूपमा विश्वकप आयोजना गरेको थियो ।

साउदी अरेबिया : एसियन छनोटको तेस्रो चरणअन्तर्गत समूह बीमा शीर्ष स्थानमा रही साउदी अरेबिया विश्वकपमा पुग्यो । साउदी अरेबियाले पहिलोपटक सन् १९९४ मा विश्वकपमा सहभागिता जनाएको थियो । पहिलो सहभागितामै साउदी अरेबिया दोस्रो चरणमा पुगेको थियो । साउदी अरेबियाको यो चौथो विश्वकप सहभागिता हो ।

दक्षिण कोरिया : एसियाली मुलुकबाट दक्षिण कोरियाले सर्वाधिक नौपटक विश्वकप स्थान पक्का गरिसकेको छ । समूह एको शीर्ष स्थानमा रही दक्षिण कोरिया नौपटक विश्वकपमा छानियो । सन् २००२ मा उत्कृष्ट प्रदर्शन गरी दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो ।

अफ्रिका

इजिप्ट : फिफा बरियतामा ४०औँ स्थानमा रहेको इजिप्ट दक्षिण अफ्रिका छनोटको शीर्ष स्थानमा रही विश्वकपमा पुगेको हो । सन् २०१० र ०१४ को प्ले अफमा पराजित हुँदा इजिप्ट विश्वकपमा पुग्न सकेन । इजिप्टले छनोट खेलमा सर्वाधिक १२ अंक जोड्यो ।

नाइजेरिया : नाइजेरियाको यो छैटौँपटकको सहभागिता हो । नाइजेरिया लागतार विश्वकपमा छनोट हुँदा समूह बीबाट सर्वाधिक १३ अंक जोड्यो । नाइजेरियाले सन् १९९४, ९८ र २०१४ को संस्करणमा समूह चरण पार गरेको थियो ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७