भालुको आक्रमणबाट ताप्लेजुङमा युवक घाइते


२१ कार्तिक २०७९, सोमबार
bear wP3c1hRleD

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् । जङ्गली भालुको आक्रमणबाट सिदिङ्वा गाउँपालिका–३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तामाङलाई शनिबार दिउँसो भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट तामाङको अनुहार र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइते तामाङको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि शनिवार नै झापामा रहेको बीएनसी अस्पतालमा पुर्‍याएर थप उपचार शुरु गरिएको बताइएको छ ।

शनिवार गाउँ नजिक गुम्बाडाँडा क्षेत्रमा मालिङ्गो संकलन गर्न गएको समयमा तामाङलाई भालुले आक्रमण गरेको सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिइन् । उपाध्यक्ष कडरियाका अनुसार तामाङसँगै मालिङ्गो सङ्कलन गर्न गएका अन्य दुई जना भने सकुसल जङ्गलबाट फर्किएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७