राष्ट्रपति भण्डारी आज आइसल्याण्ड जाँदै


२१ कार्तिक २०७९, सोमबार
bidhya

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणमा जाँदैछिन् ।
राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत् त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल’कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आज त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । भण्डारी कात्तिक २६ गते बिहान ७:३० बजे स्वदेश फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७