राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान


२१ कार्तिक २०७९, सोमबार
bidhya

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको औपचारिक भ्रमणका लागि सोमबार साँझ त्यसतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साँझ ६ बजे कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन आइसल्याण्डतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा रहने छिन् । उनी कात्तिक २६ गते बिहान ७ ः३० बजे स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७