बाजुरामा जुट्यो सहमति, साढे ३ बजेदेखि मतगणना शुरु हुने


१५ मंसिर २०७९, बिहीबार
bajura

बाजुरा । बाजुरामा विवादका कारण १० दिनदेखि रोकिएको मतगणना आज (बिहीबार) दिउँसो ३ः३० बजेबाट शुरु हुने भएको छ । बाजुरा जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकले ३ः३० बाट मतगणना शुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन कार्यालयको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्न बुधबार निर्णय गरेको भए पनि बाजुरामा मतगणना अनिश्चित बनेको थियो ।

आयोगको मतगणना गर्ने निर्णय गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलीय बैठक बोलाएर मतगणनाका लागि सहमति जुटाएको हो । बुधबारको बैठकमा नेकपा एमाले सहभागी भए पनि सहमति जट्न सकेन । आज बिहान ७ बजे र ११ बजे दुई चरणमा बसेको बैठकमा सहमति जुटेसँगै मतगणना चालु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

मतदानको दिन हत्या गरिएका एमाले निकट अनेरास्ववियुका चेतन ऐडीको घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गर्दै एमाले आन्दोलनमा छ । मतदानको दिन बाजुराका विभिन्न ठाउँमा गरेर २० भन्दा बढी ठाउँको मतदानमा विवाद उत्पन्न भएको थियो । जसले गर्दा बाजुरामा पुनः निर्वाचन गराउने वा मतगणना गर्ने अन्योल थियो । निर्वाचन आयोगको निर्णय पश्चात उक्त अन्योलता हटे पनि मतगणना भने शुरु हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७