दोलखामा मतान्तर घटाउँदै एमालेका शिवाकोटी


१७ मंसिर २०७९, शनिबार
dolakha 20 11

दोलखा । दोलखामा मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार दिउँसो सार्वजनिक गरेको मतपरिणाम अनुसार कार्कीले १० हजार ४७२ मत पाएका छन् भने उनका प्रतिस्पर्धाी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९ हजार ३०५ मत प्राप्त गरेका छन् । शुक्रबारको तुलनामा एमालेका शिवाकोटीले मतान्तर घटाएका छन् ।

जिल्लामा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका जिल्लामा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार मैदानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७