अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा


१७ मंसिर २०७९, शनिबार
317713662 6695299300485860 2746684602850268445 n

काठमाडौं । नेदरल्यान्ड्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले पराजित गर्दै डच टोली अन्तिम ८ मा प्रवेश गर्न सफल भएको हो ।

खलिफा रंगशालामा पहिलो हाफमै २-० को अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल खाएपनि अमेरिकालाई जम्न दिएन । मेम्फिस डिपाएसँगै विंगब्याकद्वय डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले नेदरल्यान्ड्सको जितमा १-१ गोल गरे । हाजी राइटले अमेरिकाको लागि फर्काएको गोल सान्त्वनामा सिमित भयो ।


दोस्रो हाफमा अमेरिकाले आक्रमणमा परिवर्तन गर्दै रणनीति बदल्यो । त्यसपछि केहि सुधारिएको आक्रमणमा अमेरिकाले गोल गर्दै खेलमा पनि फर्कियो । तर नेदरल्यान्ड्सले पुनस् एकपटक दुई विंग ब्याकको भरपुर सदुपयोग गर्दै दुई गोलको अग्रता बनायो ।

खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । डिपाएले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक म्याट टर्नरले बचाउने अवसर नै पाएनन् ।
समूह बी को उपविजेताको रुपमा नकआउट पुगेको अमेरिकाका लागि क्वार्टरफाइनल पुग्ने सपनामा यो पटक नेदरल्याण्ड्स बाधक बन्यो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७