मेस्सीको गोलमा अर्जेन्टिनाको अग्रता


१८ मंसिर २०७९, आईतवार
Leo Messi1669527673

काठमाडौँ । फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अष्ट्रेलियामाथि अर्जेन्टिनाले अग्रता लिएको खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गरेका हुन्।

कतारको अहमद बिन अलि स्टेडियममा जारी खेलमा जित हात पार्दै क्वार्टरफाइनलमा पुग्ने दाउमा अर्जेन्टिना छ भने अष्ट्रेलिया ऐतिहासिक जित हात पार्न चाहन्छ। अर्जेन्टिना समूह सीको विजेता टोली हो भने अष्ट्रेलिया समूह डीको उपविजेता हुँदै विश्वकपको अन्तिम १६ मा पुगेको हो।

अर्जेन्टिनी स्टार लिओनल मेसीले अस्ट्रेलियाविरूद्ध मैदानमा उत्रिदै नयाँ कीर्तिमान बनाउँदै छन्। उनी शनिबार रातीको खेलमा मैदानभित्र प्रवेश गर्ने वित्तिकै सिनियर फुटबलमा उनको एक हजार खेल पुरा हुनेछ।

उनले बार्सिलोनाका लागि ७७८, पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि ५३ र अर्जेन्टिनाका लागि १६९ खेल खेलेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७