सेनेगललाई हराउँदै इङल्यान्ड क्वाटर फाइनलमा


१९ मंसिर २०७९, सोमबार
AP22338732106603

काठमाडौं । सेनेगललाई ३० ले पराजित गर्दै इङल्यान्ड कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगल भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबार राति अल बयात मैदानमा इङल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, कप्तान ह्यारी केन र बुकायो साकाले एक एक गोल गरेका थिए ।

AP22338697101335

खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इङल्यान्डलाई अग्रता दिलाए । इन्जुरी समयमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २० को अग्रता दिलाएका थिए । जारी विश्वकपमा उनको पहिलो गोल हो ।

खेलको ५७औं मिनेटमा साकाले गोल गर्दै इङल्यान्डको जित सुनिश्चित गरे । विश्वकपमा उनको तेस्रो गोल हो । अब, इङल्यान्डले अन्तिम आठमा साविक विजेता फ्रान्सको सामना गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७