दमकमा माटोको अम्लियनपनको मात्रा धेरै


२१ मंसिर २०७९, बुधबार
35 Shares
mato
माटो परीक्षण

झापा । झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रै अत्यधिक पाइएको छ । दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो । नगरपालिका, कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताइन् । उनका अनुसार यसलाई नियन्त्रणका लागि कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको छ ।

शिविरमा जाँच गरिएको एक सय ५४ किसानको जमिनमा सबैजसोमा समस्या देखिएको थियो । शाखाकी प्रमुख भट्टराईले नगरपालिकाले निःशुल्क रुपमा कृषि चुनको वितरण गर्ने गरेको बताइन् । दमक नगरपालिकाले माटो परीक्षण गराउन चहाने कृषकका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्ने गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

माटोको गुणस्तर सुधारका लागि र उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले जानकारी गराइन् । उनले माटोको गुणस्तर सुधार कृषकलाई उन्नत बीउबिजन उत्पादनका लगि सहयोग गरिरहेको उल्लेख गरिन्घ । माटो तथा मल परीक्षण प्रयोगशालाले माटो परीक्षण गर्ने गरेको छ ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७