माओवादी उपमहासचिव पुनको स्वास्थ्यमा उल्लेख्य सुधार, अर्को हप्ता स्वदेश फर्किने


१ पुष २०७९, शुक्रबार
barshaman

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले अर्को हप्ता स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गते उपचार गर्न चीन गएका पुन अर्को हप्ता आउने उनका स्वकीय सचिव सन्तोष पुनले बताए ।

‘वर्षमान सरको स्वास्थ्यमा उल्लेख्य सुधार भइसक्यो । केही दिन राखेर परीक्षण गर्नुपर्ने भएकाले समय लाग्यो’ पुनले भने, ‘अर्को हप्ता स्वास्थ्य लाभ गरेर स्वदेश फर्किनु हुन्छ ।’ उपचारका सिलसिलामा चीन पुगेका बेला उनले एक-दुईवटा राजनीतिक भेटघाट समेत गर्ने बताइएको छ । चुनाव लगतै नयाँ सरकार बन्न लागेकाले पुनको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।

पुनको उपचारमा सहयोग गर्न उनकी श्रीमती एवम् पूर्वसभामुख ओन्सरी घर्ती पनि सँगै गएकी छन् । पुन जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पुन लामो समयदेखि पीडित हुँदै आएका छन् । उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७