कैलाली अत्तरियामा गोली चल्दा दुई जना घाइते


३ पुष २०७९, आईतवार
kailali Bikash gautam

कैलाली । कैलालीको अत्तरियामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली चलाउँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए ।

गोली लागेर न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम र थप एक जना घाइते भएको डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ भने गोली चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७