बैतडीमा शिक्षकको रहस्यमय मृत्यु : शिक्षक–विद्यार्थीसँग प्रहरीले थाल्यो सोधपुछ

राजमार्ग र विद्यालय बन्द गरेर प्रदर्शन, सीआईबी टोली घटनास्थल पुग्यो


५ पुष २०७९, मंगलवार
Baitadi Murder teacher

बैतडी । बैतडीमा शनिबार एक ५५ वर्षीय शिक्षक धनबहादुर बिष्ट मृत भेटिएका छन् । उनी विद्यालय नजिकै रहस्यमयी रुपमा मृत्त भेटिएका हुन । अघिल्लो दिन शुक्रबार एक शिक्षकले आयोजना गरेको स्वागत भोजमा सहभागी भएका उनी शनिबार मृत फेला परेका हुन् ।

जिल्लाको सुर्नया गाउँपालिका–२ ग्वानी घर भई कृष्ण मावि पाटनमा कार्यरत शिक्षक बिष्ट मृत अवस्थामा फेला परेपछि अहिले बैतडी अशान्त बनेको छ । उनी २०४८ सालदेखि विद्यालयमा गणित विषय पढाउँदै आइरहेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार कृष्ण माविको छात्रबास पछाडि रहेको भिरालो ठाउँमा मृत फेला परेका बिष्टको मृत्युको कारण भने खुलेको छैन ।

शिक्षक बिष्टको हत्या भएको भन्दै परिवारजनले अहिलेसम्म शव बुझेका छैनन् । पोष्टमाटमको रिपोर्ट पनि प्रहरीले सार्वजनिक गरेको छैन । मृतकका आफन्तले छाती, मुख तथा नाकमा चोट लागेको देखिएकाले मृत्यु नभई हत्या नै गरिएको दाबी गर्दै आएका छन् ।

Baitadi Teacher case 21671531938

बिष्टको हत्या भएको र घटनाको छानबिनको माग गर्दै निरन्तर आन्दोलन भइरहेको छ । मंगलबार पनि विद्यार्थी र मृतकका आफन्तले जिल्लाका विभिन्न स्थानमा प्रर्दशन गरेका छन् भने दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन् । मृतकका आफन्त तथा विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरेका छन् ।

यस्तै, बिष्टको न्यायका लागि दबाब दिने भन्दै शिक्षकका पेशागत संघसंगठनहरुले पनि विद्यालय बन्दको घोषणा गरेका छन् । शिक्षक बिष्ट मृत फेला परेको चार दिन भइसक्दा समेत घटनाका दोषी पत्ता नलागेको भन्दै विद्यालय बन्दको घोषणा गरिएको हो । शिक्षकका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक बिष्टको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबिन र दोषी पत्ता लगाउनु पर्नेमा जोड दिइएको छ । विद्यार्थी र स्थानीय घटनाको विरोधमा आन्दोलनमा उत्रिएका छन् । शिक्षक विष्टको हत्या भएको भन्दै उनीहरुले घटनाको सत्य, तथ्य छानबिन गरेर दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

उनीहरुले मंगलबार सडकमा टायर बालेर शिक्षक विष्टको लागि न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । स्थानीय खोड्पे, सिउडी, ठाण, सत्तबाँझ लगायतका ठाउँमा सडकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् । घटनास्थल र मृतकको शव हेर्दा हत्या गरेर शिक्षकलाई फालिएको हुनसक्ने पीडित परिवारको भनाइ छ ।

सीआईबी टोली पुग्यो घटनास्थलमा

बिष्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली बैतडीको पाटन पुगेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले घटनाको अनुसन्धान थालेको हो ।

Baitadi Teacher case 11671531940

‘सीआईबीको टोलीले बैतडी प्रहरीसँग मिलेर घटनाको अनुसन्धान गरिरहेको छ’, उनले भने । चार शिक्षक र सात विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । बिष्ट मृत फेला परेको अघिल्लो दिन आयोजित स्वागत भोजमा सहभागी शिक्षक र छात्रबासमा बस्दै आएका विद्यार्थीहरूलाई नियन्त्रणमा लिएर सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७