उपनेता टुङ्गो लगाउन माओवादीको पदाधिकारी बैठक जारी

बैठकमा बर्षमान र जनार्दनको ठट्टा : समाचारमा जस्तै हामी साँच्चै नमिलेका हौं ?


७ पुष २०७९, बिहीबार
Mao
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरीसडाँडामा जारी छ । बैठकमा सत्ता समीकरण, संसदीय दलको नेता, उपनेता चयन र भावी रणनीतिबारे छलफल भइरहेको छ । संसदीय दलको बैठक बस्नुअघि पदाधिकारी बैठक बसेको हो ।

माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनिने निश्चित छ । उपनेतामा भने वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्माको दाबी छ । संसदीय दलको बैठक सिंहदरवार माओवादी संसदीय दलको कार्यालयमा डाकिएको छ । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता र हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ । त्यो निर्णयलाई आजै बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्नेछ । बैठकमा दुई नेताबीच विवाद रहेको भन्ने समाचारले प्रवेश पाएको छ ।

बैठकमा पुनले उपनेतामा विवाद रहेको समाचार प्रकाशित भएको प्रसङ्ग उप्काएका थिए । एक पदाधिकारीका अनुसार सोही विषयमा वर्षमान र जनार्दनबीच ठट्टा नै भयो । ‘वर्षमानजीले समाचार आएको कुरा गर्नुभयो । त्यसपछि जनादर्नजीले हामी साँच्चै नमिलेका हौं र ? भन्दै ठट्टा गर्नुभयो । बैठकमा हाँसो फैलियो,” ती पदाधिकारी भन्छन्, ‘बाहिर आए जस्तो उपनेतामा दुई नेताको विवाद भएको होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७