त्रिभुवन विमानस्थल भन्सारबाट साढे १९ किलो सुन बरामद


८ पुष २०७९, शुक्रबार
Russian Gold Band
सांकेतिक तस्वीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट साढे १९ किलो अवैध सुन बरामद भएको छ । फ्लाई दुबईको जहाजबाट आएका सुडानी नागरिकको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो ।

त्रिभुवन विमानस्थल प्रहरीकाअनुसार उक्त सुन भन्सार चेकजाँचका क्रममा बरामद भएको हो । यो सबै सुन झोलमा परिणत गरेर खाडी हुँदै जहाजबाट नेपाल छिराएको खुलेको छ । प्रहरी र विमानस्थल भन्सारले यसबारे विस्तृत विवरण सार्वजनिक गरिसकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७