चार्ल्स शोभराज १० वर्ष नेपाल आउन नपाउने, ‘डिपोर्ट’ का लागि ‘ट्राभल’ डकुमेन्ट’ तयार

शोभराजलाई अध्यागमनले तिरायो ५० हजार जरिवाना, दोहा हुँदै शनिबार फ्रान्स पुग्ने


८ पुष २०७९, शुक्रबार
sovraj deeport

काठमाडौं । कुख्यात अपराधी चार्ल्स शोभराजलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्काशन गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । अध्यागमन विभागको प्रस्तावमा गृहसचिव विनोद प्रकाश सिंहले निष्कासनसम्बन्धी निर्णय गरेका हुन् ।

नेपालमा आई विभिन्न किसिमका अपराधमा संलग्न विदेशीलाई निश्चित समय आउन नपाउने गरी निष्काशन गरिने अध्यागन नियमावलीको प्रावधान छ । सोही अनुसार शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको गृह सचिव सिंहले जानकारी दिएका छन् ।

निष्कासनको निर्णय भएपछि आजै उनलाई फ्रान्स पठाउने तयारी भइरहेको छ । अध्यागमनसम्बन्धी कसुरमा अध्यागमन विभागले उनलाई ५० हजार रुपैयाँ जरिवाना तिराइसकेको छ । नेपालमा दुई जनाको हत्या र एक जनाको हत्या प्रयाससम्बन्धी मुद्दामा शोभराज दोषी ठहर भएका थिए । तीनै वटा मुद्दामा उनी अधिकतम २० वर्ष जेल बस्नुपर्ने फैसला भएको थियो । उमेर र स्वास्थ्य अवस्थाका आधारमा सर्वोच्च अदालतले उनलाई तत्काल छाड्न बुधबार आदेश दिएपछि शुक्रबार केन्द्रीय कारागारले छाडेको थियो । शुक्रबार नै उनलाई निष्कासन गर्न लागिएको हो ।

chrles shobhraj ticket aXm09C5Xqm

काठमाडौंस्थित फ्रान्सेली दूतावासले १९ वर्ष कैद सजाय भोगेर शुक्रबार केन्द्रीय कारागार सुन्धारबाट छुटेका ७७ वर्षीय शोभराजक ट्राभल डकुमेन्ट पठाएको छ । ट्राभल डकुमेन्ट आएपछि शुक्रबार साँझ नै फ्रान्सतर्फ डिपोर्ट गर्ने गरी उनलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगेको छ ।

सुन्धारा जेलबाट रिहा भएका उनले प्रेमिका निहिता विश्वास र उनकी आमा सकुन्तला थापालाई भेट्न अस्वीकार गरेका छन् । पत्रकारलाई समेत भेट्न अस्वीकार गरेका उनलाई साँझ ६ बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ बाट दोहाका लागि पठाइनेछ । दोहामा राति पौने ९ बजे उत्रिने उनलाई त्यहाँबाट मध्यराति १ः२५ बजे कतार एयरवेजकै उडान नम्बर क्युआर ४१ जहाजले पेरिसतर्फ लैजाने छ । शोभराज शनिबार बिहान ६ बजेर ३५ मिनेटमा पेरिसमा उत्रिने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७