फ्रान्समा गोली चल्दा तीनको मृत्यु, तीन जना घाइते


९ पुष २०७९, शनिबार
France shooting 1 pjfuCUcelH

काठमाडौं । मध्य पेरिसमा रहेको कुर्दिस सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

‘गोली लागेर तीन जनाको मृत्यु भएको छ, एक व्यक्ति सघन हेरचाहमा र दुई जना गम्भीर घाइते छन् । पक्राउ परेका संदिग्धलाई पनि अनुहारमा चोट लागेको छ’ सहरका अभियोजक लाउरे बेकुउले भने । आक्रमणबारे अनुसन्धान भइरहेको छ ।

संदिग्धले दुई अलग घटनामा सन् २०१६ र सन् २०२१ मा पनि हत्या प्रयास गरेका थिए । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले फ्रान्समा हिंसात्मक अति दक्षिणपन्थी समूहहरूको खतराबारे बारम्बार चेतावनी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७