माओवादी वागमती प्रदेश संसदीय दलको नेतामा जमरकट्टेल


१६ पुष २०७९, शनिबार
salikram jamarkattel
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको शालिकराम जमरकट्टेल सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्र वागमती प्रदेशसभा संसदीय दलको शुक्रबार र शनिबार बसेको संसदीय दलको बैठकले जमरकट्टेललाई संसदीय दलको नेतामा चयन गरेको हो ।

काठमाडौंमा आज (शनिबार) सम्पन्न संसदीय दलको बैठकले जमरकट्टेललाई संसदीय दलको नेता सर्वसम्मत चयन गरेको माओवादीका वाग्मती प्रदेशसभा सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

वागमती प्रदेशसभा संसदीय दलको नेतामा चार जनाले आकांक्षी थिए । उनीहरूमा जमरकट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठ थिए । आकांक्षी धेरै भएपछि पार्टी केन्द्रले जमरकट्टेललाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई सर्वसम्मत पारित गरेको बताइएको छ । संसदीय दलको नेतामा सर्वसम्मत भएका जमरकट्टेल धादिङ निर्वाचन क्षेत्र नम्बर १ (२) बाट वागमती प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७