माओवादीका भीम भण्डारी सुदूरपश्चिममा सभामुखको उम्मेदवार


२७ पुष २०७९, बुधबार
bhim bhandari

कैलाली । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि नेकपा माओवादी केन्द्रबाट भीम भण्डारीको उम्मेदवारी दर्ता भएको छ । उनले प्रदेश सभा सचिवालयले निर्धारण गरेको समयमा सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर रहेका छन् । यसअघि सुदूरपश्चिमको सभामुखका लागि नेपाली कांग्रेसका मानबहादुर रावलले उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७