घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश


२९ पुष २०७९, शुक्रबार
ghan 1

काठमाडौँ । नेकपा एमाले परित्याग गरेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नयाँ बानेश्वरको एक होटलमा आज शुक्रवार आयोजित कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिस्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताए । उनले एकीकृत कम्युनिस्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गरे । एमालेले संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवादलाई ध्वस्त बनाएको भुसालको आरोप छ ।

नेकपा एमालेका पूर्व उपमहासचिव भुसालले गएको मंसिर ४ गतेको चुनावमा टिकट नपाएपछि पार्टी परित्याग गरी रुपन्देही–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । उनी एमालेका नेता छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७