मधेस प्रदेशको उपसभामुखमा जनमतकी बबिता राउत निर्वाचित


४ माघ २०७९, बुधबार
Babita Kumari Rauta

धनुषा । मधेश प्रदेशको उपसभामुखमा सत्तारूढ गठबन्धनकी बबिताकुमारी राउत निर्वाचित भएकी छन् ।
समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेकी राउत मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् । मधेस प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ९ र ७ को उपनियम ४ बमोजिम उपसभामुख चयन गरिएको हो ।

नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीकी समानुपातिका सांसद राउतलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा ७२ मत परेसँगै राउत उपसभामुखमा चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २९ मत खसेको थियो ।

यसअघि कांग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी) पार्टीकी प्रदेशसभा सदस्य बेची लुङ्गेलीलाई प्रदेशसभा सदस्य रतनेश्वर गोइत यादवले निर्वाचित गरियोस् भन्ने पेश गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । मंगलबार बसेको दिउँसो बसेको प्रदेशसभाको बैठकले सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डललाई निर्वाचित गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७