सांसद शर्माले सम्झाइन् सडकबाट संसद चलाएको विगत


७ माघ २०७९, शनिबार
Narayani sharma samsad

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले यो सदनले जनताको अधिकार सुनिश्चित गर्ने कुरामा विगतका अनुभवले केही आशंका उठाइरहेको बताएकी छन् । उनले त्यो आशंकालाई हटाउनका लागि कानुन र नीति निर्माण गरेर निवारण गर्नुपर्नेमा जोड दिएकी हुन् ।

इन्दिरा रानाको समर्थनमा रहेकी शर्माले शनिवार संसदमा बोल्दै उपसभामुख चयन लोकतान्त्रिक प्रक्रियाबाट भइरहेकोमा खुशी व्यक्त गरिन् । इन्दिरा रानाले सामाजिक क्षेत्रमा जसरी आफ्नो भूमिका निर्वाह गरेको, त्यो कारणले पनि उनी असल नेतृत्वकर्ता हुनेमा आफूलाई विश्वास लागेको बताइन् ।

‘यतिबेला एउटा मधेसी चेली र एउटा जनजाति चेली उपसभामुखका लागि उभिनु भएको छ, त्यसले सदनको गौरवलाई झन् उच्च बनाएको छ’, उनले भनिन्, ‘यो सदनको एउटा गौरवको रूपमा इन्दिराले अगाडि बढाउनु हुन्छ भने विश्वास लागेको छ ।’ उनले इन्दिरालाई उपसभामुखमा चयन गर्न मतदान गर्न सबैलाई आग्रह पनि गरिन् । यसअघि चित्रलेखा यादव सडकबाट सभामुख चलाएको पनि सांसद शर्माले सम्झिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७