राष्ट्रपति र सभामुख खोपाको मूर्ति होइन : सांसद सुवाल


७ माघ २०७९, शनिबार
prem suwal
फाइल फोटो

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दल तोक्न सभामुखसँग माग गरेका छन् । आज (शनिबार) को प्रतिनिधि सभामा बोल्दै सांसद् सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टी नेपाली कांग्रेस विपक्षी दल हुनै नसक्ने बताएका हुन् ।

उनले आफ्नो पार्टीलाई प्रमुख प्रतिपक्षी दल घोषणा गरेर मात्र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन समेत सभामुख समक्ष आग्रह गरेका छन् ।

सुवालले भने, ‘प्रमुख विपक्षि दल तोकिएको छैन । प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टी विपक्षी दल हुनै सक्दैन । नेमकिपालाई प्रमुख विपक्षी दल तोकियोस् । प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिने अनि विपक्षी दल पनि भन्ने त बल मिच्याइ हो ।’

सभामुख जस्तै उपसभामुख पनि पार्टीबाट राजीनामा दिएर तटस्थ भूमिकामा बस्नुपर्ने बताए । राष्ट्रपति र सभामुख खोपाको मूर्ति नभएको सुवालको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७