एमाले अध्यक्ष ओली र अमेरिकी उपमन्त्री नुल्याण्डबीच भेटवार्ता


१६ माघ २०७९, सोमबार
oli nuland

काठमाडौँ । नेपालको दुई दिने भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज (सोमबार) नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा ओली र नुल्याण्डबीच भेटवार्ता भएको हो । उक्त अवसरमा दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको संसदीय दलका एक अधिकारीले जानकारी दिएका छन् ।

नुल्याण्डले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेकी छन् । उनले अब परराष्ट्रमन्त्री विमला राई पौड्याललाई भेट्ने छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७