रवि लामिछानेले न्याय पाउनु पर्ने माग गर्दै जुम्लामा कर्मचारीले गरे आत्मदाह प्रयास


१९ माघ २०७९, बिहीबार
gokarna karki jumla atmadaha 1k56WWspZC

जुम्ला । नागरिकता विवादका कारण सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एक कर्मचारीले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले आज (बिहीबार) पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

रवि लामिछानेले न्याय पाउनु पर्छ, गृहमन्त्री बनाउनु पर्छ भन्दै सरकारी कर्मचारी समेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको जुम्लाका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७