पर्सामा भालुको आक्रमणबाट दम्पती घाइते


२१ माघ २०७९, शनिबार
bhalu
सांकेतिक तस्वीर

पर्सा । पर्साको ठोरीमा शुक्रबार भालुको आक्रमणबाट दम्पती घाइते भएका छन् । घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका बिबिलाल लोप्चन तामाङ र उनकी श्रीमती सुकमाया तामाङ छन् ।

जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमायालाई भालुले आक्रमण गरेपछि बचाउन गएका उनका श्रीमान् बिबिलाल समेत घाइते भएको स्थानीय नारायण खडकाले जानकारी दिए ।

भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ । घाइते दुवैको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७