मधेस प्रदेशको विषयगत समिति बाँडफाँडमा सहमति


२२ माघ २०७९, आईतवार
Madhesh Province lV0KHsguiB

धनुषा । मधेश प्रदेशको विषयगत समिति बाँडफाँडमा दलहरूबीच सहमति भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दलले एक-एक विषयगत समिति पाउने गरी सहमति गरिएको बताइएको छ ।

प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व रहेकामा सात वटा दलले संसदीय दलको मान्यता पाएका छन् । ती सबै संसदीय दलले एक-एक विषयगत समिति पाउने सहमति भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उपेन्द्र महतोले जानकारी दिए । उनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लेखा समितिको जिम्मेवारी पाएको छ ।

अर्को प्रतिपक्षी दल लोसपाको भागमा महिला बालबालिका तथा सामाजिक न्याय समिति र नेकपा (एकीकृत समाजवादी) को भागमा प्रदेश मामिला समिति परेको छ ।

बाँकी रहेको चार वटा विषयगत समितिमा सत्ता साझेदार दलले एक-एक वटा बाँडफाँड गरेका छन् । संसद्मा सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले कृषि तथा भूमि व्यवस्थापन समिति पाएको छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले विकास समिति आफैंसँग राखेको छ भने नेकपा (माओवादी केन्द्र) लाई प्राकृतिक स्रोत तथा वातावरण समिति र जनमत पार्टीलाई अर्थ तथा योजना समितिको जिम्मेवारी दिइएको छ ।

अब प्रदेशसभाले विषयगत समितिमा सांसदलाई बस्न आह्वान गर्ने र सो आह्वान पछि दलहरुले आन्तरिकरूपमा विषयतगत समितिको सभापति चयन गर्ने बुझिएको छ । एउटा समितिमा सभापतिसहित १३÷१४ जना सदस्य रहने छन् । प्रत्येक समितिमा सबै दलको प्रतिनिधित्व रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७