शेयर बजार ७ अंकले घट्याे, तीन अर्ब ६९ करोडको कारोबार


२५ माघ २०७९, बुधबार
share market 1

काठमाडौँ । हिजो (मंगलबार) उच्च अंकले बढेको शेयर बजार आज (बुधबार) भने सामान्य अंकले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव १६ अंकले घटेर दुई हजार एक सय ७० दशमलव १९ विन्दुमा झरेको छ ।

आज अरू सबै समूहको शेयर घटेकोमा बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले घटेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ५७ वटा कम्पनीका एक करोड पाँच लाख दुई हजार कित्ता शेयर तीन अर्ब ६९ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ११ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै आदर्श लघुवित्त र पोखरा फाइनान्सको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि तेह्रथुम पावर कम्पनी र धौलागिरि लघुवित्त कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७