नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा (सूचीसहित)


२६ माघ २०७९, बिहीबार
Nepal Army promossion IjPX8CV8lr

काठमाडौँ । नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टराई उपरथीमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को माघ २३ गते बसेको बैठकले भट्टराईलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा भएका भट्राईलाई आज (बिहीबार) जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । बढुवा भएसँगै भट्राईलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।

Nepal Army promossion 2 ozdHSTymUN

यस्तै पाँच जनालाई सहायक रथीमा र ८ जनालाई महासेनानीमा बढुवा गर्ने पनि निर्णय भएको छ । सहायक रथीमा बढुवा हुनेमा महासेनानीहरु मनोज थापा, पूर्णबहादुर खत्री, रोशन शमशेर जबरा, जगतबहादुर पौडेल र प्रकाश थापा रहेका छन्। उनीहरुलाई महासेनानीबाट सहायक रथीमा बढुवा गर्ने निर्णय भएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

अरु ८ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन् । प्रमुख सेनानीहरु दिगविजय शाह, विष्णु थापा, राजन बुढाथोकी, प्रविणराज घिमिरे, सुरज वैदवार, डम्बरबहादुर बोहरा, झविन्द्र बहादुर रेशमी मगर र सौजन्य शमशेर जबरा महासेनानीमा बढुवा भएका हुन् । उपरथी भट्टराई एक सहायक रथी र ४ महासेनानीलाई आजै प्रधानसेनापति शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७