शरीर बन्धक बनाई लुटपाट गर्ने गिरोहका आठ जना हतियारसहित पक्राउ


१ फाल्गुन २०७९, सोमबार
arrest

पर्सा । पर्सा प्रहरीले अपहरण, शरीर बन्धक बनाई लुटपाट गर्ने गिरोहलाई हतियारसहित पक्राउ गरेको छ । वीरगञ्जका ५ जना, बाराका दुई जना र एक भारतीय गरी आठ जना पक्राउ परेको पर्साका प्रहरी प्रमुख कोमल शाहले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– २४ रामगढवानिवासी ३४ वर्षीय विजय महतो, वीरगञ्ज– २ छपकैयाका ३० वर्षीय सदाम अन्सारी, वीरगञ्ज– ११ श्रीपुरका ३४ वर्षीय सन्तोष लामा, सोही ठाँउका ४० वर्षीय रोशन थापा, ४२ वर्षीय मोजामिल मिया छन् ।

यस्तै, बाराको कलैया उपमहानगरपालिका–२३ निवासी २६ वर्षीय मुकेश पटेल, परवानीपुर गाउँपालिका– ३ लिपनीमालका ३० वर्षीय नबाब हुसेन र भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतीहारी रक्सौल अहिरवाटोल– ७ का २४ वर्षीय इमाम अन्सारी छन् ।
प्रहरी उपरीक्षक शाहका अनुसार गत पुष २६ मा उनीहरूले वीरगञ्ज– ६ रेल्वे सडक खण्डबाट पेस्तोल देखाई अपहरण गरी वीरगञ्ज– १५ का विशालकुमार पटवाबाट ६ लाख ५० हजार फिरौती लिएका थि ए। पक्राउ परेका व्यक्तिकै सूचनाको आधारमा प्रहरीको टोलीले अभियुक्तहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक शाहले बताए ।

पक्राउ परेकाहरू विगतमा विभिन्न कसुरमा सजाय भुक्तान गरिसकेका अपराधी रहेको उनले बताए । उनीहरूविरुद्ध अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७