मधेस प्रदेशसभा बैठकमा कांग्रेसको अवरोध


३ फाल्गुन २०७९, बुधबार
madhesh 1

जनकपुर । मधेस प्रदेशसभाको बैठकमा कांग्रेस सांसदहरूले अवरोध गरेका छन् । आज (बुधबार) दिउँसो सुरु भएको प्रदेशसभा बैठकमा कांग्रेसले सांसदहरूले अवरोध गरेका हुन् ।

प्रदेशसभा परिसरमा आफूले बोलाएका अतिथिलाई प्रवेश नदिइएको भन्दै कांग्रेस सांसदहरूले बैठकमा अवरोध गरेका हुन् । संसदीय दलको कार्यालयमा बोलाइएका पाहुनालाई गेटबाटै छिर्न नदिइएको भन्दै कांग्रेस सांसदले बैठकमा अवरोध पुर्‍याएका हुन् । कांग्रेसको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सभामुख मण्डलले प्रदेशसभा परिसरमा अराजकता सिर्जना गर्ने, बैठकलाई अवरोध पुर्‍याउने खालका व्यक्तिलाई प्रवेश गर्न दिन नसकिने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७