राष्ट्रपतिमा सघाए पाँच बर्षै प्रचण्डलाई प्रधानमन्त्री दिन कांग्रेस तयार


५ फाल्गुन २०७९, शुक्रबार
prakashsharan mahat

काठमाडौं । नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल (पाँच वर्ष) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री स्वीकार्ने संकेत गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरे कांग्रेसले पनि पाँच वर्ष नै उनलाई दिएको समर्थन कायम राख्नुपर्ने बताएका छन् ।

अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने प्रवक्ता महतको दाबी छ । संविधान रक्षाका लागि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै उनले राष्ट्रपतिको पद महत्वपूर्ण भएको बताए ।

‘एमाले पार्टी र यसका नेता केपी ओलीजीले जसरी संसद्को पहिलो बैठकमा नै संसद् विघटनको विषयलाई मूल विषय बनाए, त्यस सन्दर्भमा पनि राष्ट्रपतिको पद महत्वपूर्ण भएको छ । राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसके यो संविधानको रक्षाको पक्षधर पार्टीहरू छन् ती एक ठाउँमा उभिएर कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनुपर्छ,’ महतले भने, ‘राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले दिएको विश्वासको मतलाई निरन्तरता दिनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७