पोखरीमा डुबेर बालकको मृत्यु


९ फाल्गुन २०७९, मंगलवार
dubera
सांकेतिक तस्वीर

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–५ पर्स्याङको एक पोखरीमा चार वर्षीय बालक मृत भेटिएका छन् । सोमबार बेलुकादेखि नै हराएका ४ वर्षीय सुहौन केसी खुडेपोखरीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।

सोमबार बेलुका ७ बजेतिर घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि खटिएको प्रहरीको टोलीले केसीलाई पोखरीमा डुबेको अवस्थामा मृत भेटाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले बताए । पर्वत घर भएका केसीको परिवार पर्स्याङ धारापानीमा बस्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७