बंगलादेशसँगको पहिलो टी–२० क्रिकेटमा इङ्ल्याण्ड पराजित

काठमाडौँ । टी–२० विश्व कप विजेता इङ्ल्याण्ड बंगलादेशसँगको पहिलो टी–२० क्रिकेटमा ६ विकेटले पराजित भएको छ । योसँगै घरेलु टोली बंगलादेशले तीन खेलको टी–२० श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।
जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । बंगलादेशका नाज्मुल हसन सान्टोले सर्वाधिक ५१ रन बनाए । इङ्ल्याण्डका जोफ्रा आर्चर, आदिल राशिद, मार्क वुड र मोइन अलीले एक-एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।
उसका जस बटलरले सर्वाधिक ६७ रन जोडे । बंगलादेशका हसन मोहम्मदले दुई तथा नसुम अहमद, तस्किन अहमद, मुस्ताफिजुर रहमान र सकिब अल हसनले एक÷एक विकेट लिए । यी दुई देशबीचको दोस्रो टी–२० आइतवार र तेस्रो खेल मंगलबार हुनेछ ।