ड्रमको पानीमा डुबेर बालकको मृत्यु


३ चैत्र २०७९, शुक्रबार
death child OyjRIJ881M
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौँको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो ।

डुबेर गम्भिर अवस्थामा फेला परेका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यता काठमाडौँको टोखा नगरपालिका–९ घर भइ चन्द्रागिरी नगरपालिका १२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा आज मृत भेटिएका छन् ।

प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए । अहिले शवलाई पोष्टमार्टमका लागि अस्पतालमा पठाइएको जनाइएको छ । उनी बढी मदिरा सेवन गर्ने गरेका स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७