स्ववियु चुनावको क्रममा झडपपछि बाजुराको बुढीनन्दामा कर्फ्यु


६ चैत्र २०७९, सोमबार

बाजुरा । स्ववियु चुनावको क्रममा झडप भएपछि बाजुराको बुढीनन्दा नगरपालिका–१ र २ मा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

सत्तारुढ गठबन्धन निकट विद्यार्थी सङ्गठन र एमाले निकट अनेरास्ववियुका विद्यार्थीबीच बुढीनन्दा क्याम्पसको स्ववियु चुनावको मतदानका क्रममा झडप भएपछि सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले हिजो बेलुकी ७ बजेदेखि अहिले बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।

बुढीनन्दाको कोल्टीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । झडप साम्य पार्न प्रहरीले हिजो दिउँसो २७ राउन्ड हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको थियो । झडप भएपछि स्ववियु चुनावको मतदान स्थगित गरिएको छ ।

336787279 902917107590651 3397786636169016591 n JecWmYnUuj

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७