सभापति देउवालाई वैठकमै दपेटे पौडेलले, भने, ‘विधान विपरीत नचल्नुस्’


१४ बैशाख २०७५, शुक्रबार
Sher Bahadur Deuba and Ramchandra Paudel

काठमाडौं, १४ बैसाख : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई पार्टीको विधान विपरीत नचल्न चेतावनी दिएका छन् । पार्टी पदाधिकारी तत्काल मनोनयन गरेर अघि बढने सभापति देउवाको तयारीबारे वरिष्ठ नेता पौडेलले त्यसो गर्नु विधान विपरीत हुने भन्दै सभापतिको आलोचना गरेका हुन् ।

Sher Bahadur Deuba and Ramchandra Paudel
फाइल फोटो

पार्टी केन्द्रीय कार्य समितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेले विधानसम्मत ढङ्गले अघि बढे मात्रै पार्टी बलियो एकता हुने धारणा राखेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । नेता पौडेलले सभापति देउवाले पार्टीलाई न्याय, निष्पक्ष र पारदर्शी ढङ्गले अघि नबढाएकै कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको आरोप पनि लगाएका थिए ।

पार्टी सुदृढ बनाउन अनुशासनको पालनामा विशेष जोड दिनुपर्ने पौडेलको धारणा रहेको प्रवक्ता शर्माले जनाए । पौडेलले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई छानविन गरी कार्वाही गर्न ढिलाई भएको भन्दै सभापति देउवाको गम्भिर ध्यानाकर्षण गराएका थिए । सभापति देउवाले पार्टी भित्रको अन्तरघातका कारण पार्टीले प्रतिनिधिसभामा २० सिट गुमाउनु परेको दावी गर्दै आएका छन् । बैठकमा नेता विजयकुमार गच्छदारले पार्टीलाई एकताबद्ध बनाएर लैजान आह्वान गरेका थिए । उनले पार्टी एकता गर्ने बेला भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७