तान्जानियामा बाढीका कारण दुई हजार मानिस घरबारविहीन


२६ चैत्र २०७९, आईतवार
pahiro1679940571
फाइल फोटो

दार एस सलाम । दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढीका कारण करिब दुई हजार जनता घरबारविहीन भएका सरकारी अधिकारीहरूले बताएका छन् ।

देशको दक्षिणी क्षेत्र मटवारामा जारी भारी वर्षासँगै आएको बाढीबाट एक हजार ८०० मानिस घरबारविहीन भएका मिटवाराका क्षेत्रीय आयुक्त अहमद अब्बासले बताएका छन् । पीडितहरू सबैका घर डुवानमा परेको जनाउँदै उनले रुबु नदीमा पानीको सतह अझ बढिरहेकाले थप क्षतिको आशंका गरेका छन् ।

प्राथमिक विद्यालयका भवनमा बाढी पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको जानकारी दिँदै क्षेत्रीय आयुक्त अब्बासले त्रिपालका साथै खाद्य सहयोग गरिएको बताएका छन् ।

एक सय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको मकै र आलु बाढीले नष्ट भएको छ । बाढीबाट भएको क्षतिको मूल्यांकन भइरहेको छ । रासस / सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७