‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै


२७ चैत्र २०७९, सोमबार
cbs

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (सोमबार) तीन खेलहरु हुँदैछन् । सोमबार लिगको सातौं चरणका अन्तिम तीन खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र विभागीय टोली एपीएफ क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज चौंथो जितको योजनामा रहँदा एपीएफ पनि चौंथो जितको योजनामा रहेको छ ।

चर्च ब्वाइज १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने एपीएफ १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ । यसैगरी, एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुने खेलमा फ्रेन्ड्स क्लब र अर्काे विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने छन् ।

फ्रेन्ड्स दोस्रो जितको योजनामा रहँदा पुलिस भने पहिलो जितको योजनामा रहेको छ । फ्रेन्ड्स ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ भने पुलिस १ अंक जोडेर पुछारमा रहेको छ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टार क्लबसँग साँझ ५ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । मनाङ पाँचौं जितको योजनामा रहँदा थ्री स्टार भने चौंथो जितको योजनामा छ । मनाङ १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने थ्री स्टार १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७