मनाङलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लियो


२ बैशाख २०८०, शनिबार
mana

काठमाडौं । जावलाखेल युथ क्लब राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आज (शनिबार) ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई ३–० ले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो ।

जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । फोडे फोफानाले एक गोल थपे । जितसँगै जावलाखेलले नौ खेलबाट १७ अंक जोडेको छ । मनाङ १५ अंकसहित तेस्रो स्थानमा छ ।

आजै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) सँग १–१ को बराबरी खेल्यो । खेलको ३९औँ मिनेटमा ओमालाजा नुरेन करिमले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । ६७औँ मिनेटमा एनआरटीका स्टेफन जुनियरले गोल गर्दै खेल बराबरीमा ल्याए । बराबरीसँगै मच्छिन्द्रले नौ खेलबाट १३ अंक जोडेको छ । एनआरटीको आठ खेलबाट सात अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७