खेलिरहेका बेला सर्पले डस्दा चार वर्षीय बालकको मृत्यु


८ बैशाख २०८०, शुक्रबार
snack durlav
फाइल फोटो

सिरहा । सिरहामा विषालु सर्पले डस्दा एक बालकको ज्यान गएको छ । सर्पले डसेर गोलबजार नगरपालिका–८ भाइजिका श्याम साहका चार वर्षीय छोरा अविनासको मृत्यु भएको हो ।

बिहीबार आफ्नै घरमा खेल्दै गरेको अवस्थामा बालकलाई सर्पले टोकेको थियो । उपचारमा ल्याउन ढिला गर्दा बालकको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । सर्पको टोकाइबाट सिकिस्त भएका बालकलाई उपचारका लागि सुरुमा सिरहाको चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गण पुर्‍याइएको थियो ।

त्यहाँ उपचार समभव नभएपछि थप उपचारका लागि उनलाई सिरहाकै कर्जन्हामा रहेको फूलकुमारी अस्पताल लगिएको थियो । तर उपचार गर्दागर्दै बालकको मृत्यु भएको स्थानीय समेत रहेका पत्रकार रामभरोसी यादवले जानकारी दिए ।

गर्मी बढेसँगै तराई–मधेशका जिल्लामा सर्पले डस्ने क्रम बढ्न थालेको हो । विषालु सर्पले टोकेका बिरामीलाई समयमै अस्पताल नपु¥याउँदा मृत्युको जोखिम धेरै हुने चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७