फ्लाई दुबईले भन्यो : जहाजमा चरा ठोक्कियो, सामान्य अवस्थामा दुबई आउँदैछ


१२ बैशाख २०८०, मंगलवार
flydubai

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार राति दुबईका लागि उडेको आफ्नो जहाजमा चरा ठोक्किएको फ्लाई दुबईले जनाएको छ। फ्लाई दुबईका प्रवक्तालाई उद्धत गर्दै दुबई सरकारको मिडिया कार्यालयको फेसबुकमा पेजमा विमान उड्नेबित्तिकै चरा ठोकिएको उल्लेख छ।

दुबई मिडिया अफिसका अनुसार फ्लाई दुबईले आफ्नो एफजेड ५७६ जहाजमा चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको जनाएको हो । सरकारी मिडिया कार्यालयले भनेको छ, ‘काठमाडौं विमानस्थलबाट फ्लाई दुबईको एफजेड ५७६ जहाजले उडान भर्ने क्रममा चरा ठोक्किएको थियो। केही प्रक्रियाहरू पूरा गरेपछि अहिले सामान्य अवस्थामै जहाज गइरहेको छ र दुबईको स्थानीय समय अनुसार १२ बजेर १४ मिनेट जाँदा अवतरण हुने छ ।’ 

फ्लाई दुबईको एफजेड ५७६ नम्बरको जहाज ९ बजेर २० मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो। उड्नेबित्तिकै जहाजमा आगोको झिल्का देखिएर पड्केको आवाज आएको थियो। विमानबाट ठूलो आवाज आएको र आगोको झिल्को देखिएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो । विमानले आफ्नो बायाँ इन्जिनमा आगो लागेको जानकारी गराएको थियो । धादिङको धार्कोमाथि फन्को लगाउँदै विमानले इन्जिन सामान्य रुपमा रहेको जानकारी गराएपछि विमानलाई दुबई लैजाने जानकारी एयर ट्राफिकलाई गराएका थिए ।

fly Dubai

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७