रोजगारीको लागि इजरायल पठाइ दिन्छु भन्दै ४८ लाख ठगेको आरोपमा एक महिला पक्राउ


१३ बैशाख २०८०, बुधबार
arrested olT870jq2N

काठमाडौँ । रोजगारीको लागि इजरायल पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । झापा कमल गाउँपालिका–७ घर भई काठमाडौँ कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि ईजरायल पठाइ निर्माणको काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई हिजो काठमाडौँको चावहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७