चट्याङ लागेर पाँचथरमा ५४ वटा भेडा मरे, सुसारे गम्भिर घाइते


१६ बैशाख २०८०, शनिबार
veda chatyang

पाँचथर । चट्याङ लागेर पाँचथरको फालेलुङ गाउँपालिका–३ को एउटै फर्मका ५४ वटा भेंडा मरेका छन् । चट्याङ लागेर स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र आङ्बोको फर्ममा १२ वटा भेंडा घाइते भएका छन् ।

भेडा फर्मको स्याहार सुसारमा जुटेका याङबरक–३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारी उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिएका छन् । भेडा मर्दा किसानलाई १५ लाखभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७