संघीय संसदको सचिवमा पाण्डे र अर्यालको नाम सिफारिस


१७ बैशाख २०८०, आईतवार
padam and surendra2023 04 30 06 11 33 1

काठमाडौं । प्रतिनिधिसभा सचिवमा पदम पाण्डे र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्यालको नाम सिफारिस भएको छ । प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालको पाँच वर्षे कार्यकाल शुक्रबार सकिएको थियो ।

रिक्त सचिव नियुक्तिका लागि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यबाहक राष्ट्रपति रामसहाय यादवलाई नाम सिफारिस गरेका हुन् । पाण्डे पूर्व नायब महान्यायाधिवक्ता हुन् भने अर्याल संसद् सचिवालयका उपसचिव हुन् ।

अर्याल हाल सार्वजनिक लेखा समिति सचिवसमेत हुन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र अध्यक्षको सिफारिसमा सदनको सचिव नियुक्त हुन्छन् । सभामुख घिमिरेले सचिव नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको बताए । सचिव नियुक्ति भएपछि संसदीय समितिको काम कारबाही अघि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७