दैनिक १८ घण्टा मन्त्रालयमै बसेर काम गर्छु : खेलकुदमन्त्री लिम्बू


२१ बैशाख २०८०, बिहीबार
dik bahadur limbu

काठमाडौँ । नव नियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

आज (बिहीबार) मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताएका छन् । उनले आम नागरिकहरुले देख्ने गरी काम गर्ने बताए । हरेक कुरालाई सकारात्मक ढंगबाट लिनपनि उनले आग्रह गरे । उनले मन्त्रालयमा रहेर आफू दिनको १८ घण्टा काम गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरुले, पदाधिकारीले जे अभाव महशुस गर्नु भएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु । सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्ने गरी काम गर्नेछु । केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म । हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्नेकुरा खेलाडी साथीहरुले देखाइरहनु भएको छ । म १८ घण्टाको समय दिएर काम गर्नेछु ।’ खेलकुदमन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथ ग्रहण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७