पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु


२४ बैशाख २०८०, आईतवार
dubera
सांकेतिक तस्वीर

जनकपुरधाम । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

शनिबार साँझ करिब सवा ७ बजेतिर वडा नं. २४ बसहियास्थित गोगलप्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमका अनुसार बालक डुबेको खबर पाए लगत्तै प्रहरी टोली पुगेर दुवैलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेको थियो ।

राति ८ बजे दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको उनले बताए । उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७